काठमाडौं- बंगालदेशको निजी हवाई सेवा प्रदायक कम्पनी युएस बांग्लालाई पुनः नेपालमा उडान अनुमति दिँदा सोच्नुपर्ने अवस्था आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
_x000D_
_x000D_
गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएपछि तत्कालको लागि विमान अभाव देखाउँदै उक्त कम्पनीले काठमाडौं उडान बन्द गरेको थियो। बन्द गरेको करिब ७ महिनापछि सातामा सातैदिन उडान गर्ने गरी कात्तिक १२ गते (अक्टोबर २९) देखि उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेको छ।
_x000D_
_x000D_
'उडान अनुमति मागेसँगै हामीले अध्ययन गरिरहेका छौं,' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भन्छन्, 'बांग्लाले उडान गरिरहेको समयमा विमानस्थल कार्यालयले अन्य एयरलाइन्स कम्पनीलाई व्यवस्थापन गरिसकेको छ। पार्किङमा समस्या भएका कारण नयाँ एयरलाइन्सलाई उडान अनुमति दिने अवस्था देखिन्न।'
_x000D_
_x000D_
युएस बांग्लाको जहाज दुर्घटनालगत्तै नेपालको विमानस्थलकै कारण दुर्घटना भएको विमान कम्पनीकै उच्च कर्मचारीले आरोपसमेत लगाएका थिए। जाँचबुझ आयोग गठन भई छानबिन भइरहेको अवस्थामा प्रभावित पार्नेगरी विमान कम्पनीबाट अभिव्यक्ति आएका कारण पनि उडान अनुमति दिने विषयमा गहन अध्ययन गर्नुपर्ने पोखरेल बताउँछन्। आयोगले दुर्घटनामा पाइलटको दोष देखाउँदै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, रिपोर्ट भने सार्वजनिक भइसकेको छैन।
_x000D_
_x000D_
बांग्ला एयरलाइन्सको विषयमा अध्ययन भइरहे पनि उसलाई नेपाल उडान गर्न नदिने तयारी भएको प्राधिकरण स्रोत बताउँछ।
_x000D_
_x000D_
पछिल्ला पाँच वर्षमा युएस बांग्लाका जति जहाज दुर्घटना भएका छन्, सबै अवतरणकै क्रममा भएको रेकर्ड छ। केही दिनअगाडि पनि बंगलादेशमा अवतरणकै क्रममा दुर्घटना भएको थियो।
_x000D_
_x000D_
नेपालको विमानस्थलमा भएको दुर्घटनामा २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिक गरी ५१ जनाले ज्यान गुमाएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।