काठमाडौं– गत फागुन २८ गते नेपालमा दुर्घटना भएको बंगलादेशको यूएस बांग्ला एयरलाइन्सको अर्को विमान दुर्घटना भएको छ। फ्लाइट नम्बर १४१ को जहाज अवतरण गर्ने क्रममा बंगलादेशको शाह अमानत चित्लङ अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो।
_x000D_
_x000D_
दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि नेपालमा भएको दुघर्टनामा भने २२ नेपाली सहित ५१ जनाको ज्यान गएको थियो। जहाज दुर्घटना जाँचबुझ आयोगले नेपालको विमानस्थलमा भएको दुर्घटनामा चालकसँगै कम्पनीलाई समेत दोषी ठहर गरेको थियो।
_x000D_
_x000D_
बुधबार भएको उस्तै प्रकृतिको दुर्घटनामा कम्पनी कै कमजोरी रहेको अशंका गरिएको छ।
_x000D_
_x000D_
बंगलादेशमा आज भएको दूर्घटना जहाजमा आएको प्रविधिक कमजोरीका कारण भएको बताइए पनि मानवीय क्षति भएको छैन।
_x000D_
_x000D_
भिडियो हेर्नुहाेस्
_x000D_
_x000D_
_x000D_
_x000D_
भिडियो : ढाका ट्रिब्युन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।