काठमाडौँ – नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा जारी छ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा नेताहरूले आफ्ना धारणा राख्ने क्रम भइरहेको छ।
शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए।
अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू नेताहरूले धारणा राखिरहेका छन्।
बैठक आजै समापन गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।