काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे १३ बुँदे आचारसंहिता जारी गरेको छ।
पार्टीको शुक्रबारबाट ललितपुरमा सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन्।
आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’
‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एकआपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्नुपर्नेहुन्छ’ आचारसंहितामा भनिएको छ, ‘बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन।’
आचारसंहितामा परपुरुष–परस्त्री शारीरिक सम्बन्ध र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिरको शारीरिक सम्पर्कलाई अनैतिक भनिएको छ।
यि हुन्१३ बुँदे आचारसंहिताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।