काठमाडौँ – नेपाली राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको उक्त कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलगायत शहीदहरुले गरेको योगदानको स्मरण गरेका थिए ।
दूतावासका अनुसार राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा प्रजातन्त्र तथा नागरिक अधिकार प्राप्तिको लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएका अमर सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।