पाल्पा – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीतिमा २००७ सालपछिको माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरेका छन्।
पाल्पाको पुर्वखोलामा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्रीले माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताएका हुन्।
थापाले भने–प्रजातन्त्र स्थापना हुनासाथ माओवादीले जनयुद्धका नाममा थोपरेको हिंसाले गर्दा देश बिसौं वर्ष पछि परेको यथार्थ हो।
त्यस्तै उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताए।
‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन,’ महामन्त्री थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।