काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।
उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।