दाङ - सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।
घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । गाडीमा ६० भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । यथपी त्यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।