काठमाडौं– दसैं आउन करिब १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन्।
_x000D_
_x000D_
यसले खासगरी, लामो तथा दूर्गम गन्तव्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ। राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन्।
_x000D_
_x000D_
बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दसैंका लागि टिकट बिक्री गरिसकेको जनाएको छ। घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तव्यमा मात्र टिकट पाउन सकिनेछ। अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन्। तुम्लिङटारलगायतका गन्तव्यमा दुई साता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाइ छ।
_x000D_
_x000D_
यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ। कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गरे।
_x000D_
_x000D_
यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ। यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ। यतीसँग हाल रहेका ३ वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन्। यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन्।
_x000D_
_x000D_
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दसैं लक्षित टिकट करीब सकिएको छ। फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन्। यो कम्पनीसँग ९ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन्।
_x000D_
_x000D_
बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ।
_x000D_
_x000D_
श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दसैंको ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको बताए। यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उनले बताए। श्री एयरसँग दुई वटा ७० र दुई वटा ५० सिट क्षमताका जेट इन्जिन विमान छन्।
_x000D_
_x000D_
नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तव्यमा टिकट सकिएको जनाइएको छ। अन्य सुगम गन्तव्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिए। निगमको आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ।
_x000D_
_x000D_
अतिरिक्त उडान थप्ने तयारी
_x000D_
_x000D_
दसैंमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन्। तर, यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ। बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तव्यमा उडान थप्ने जनाएका हुन्।
_x000D_
_x000D_
यती एयरलाइन्सका प्रवक्ता राईले अतिरिक्त उडान थप्नेबारे अहिलेको अवस्थामा भन्न नसकिए पनि यात्रुको मागअनुसार अतिरिक्त उडान गरिने बताए।
_x000D_
_x000D_
वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्यअनुसार ६० देखि ७५ प्रतिशत दसैंको टिकट बुकिङ भएको जानकारी दिए।
_x000D_
_x000D_
सरकारले तोकेको न्यूनतम र अधिकतम भाडा दरअनुसारनै यात्रुलाई गन्तव्यमा लगिने उनको भनाइ छ। चाडबाडमा यात्रुको बढी चाप हुने र एकतर्फीमात्रै यात्रु हुने हुँदा केही तलमाथि पर्नसक्ने प्रवक्ता आचार्य बताउँछन्।
_x000D_
_x000D_
दसैंमा यात्रुको चाप, गन्तव्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको सङ्घले जनाएको छ। आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। (सीबी अधिकारी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।