काठमाडौं – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विकासे काममा भइरहेको ढिलासुस्ती र नागरिकले भोगिरहेका समस्याबारे सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्रतव् बताएका हुन्।
इलाम क्षेत्र नम्बर २ का सांसद नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रका अलपत्र परेका आयोजनाको अवस्था पनि अवगत् गराए।
उनले सुशासनको कमजोरीका कारण विकास निर्माणका कामले पूर्णता पाउन नसकिरहेको गुनासो गरे।
मेची राजमार्गअन्तर्गतको राज दुवालीको बाटो, केचना कञ्चनजंगा सडक, दमक-चिसापानी, नेपालटार-मंगलबारेलगायत थुप्रै बाटा र पुल अलपत्र अवस्थामा रहेको भन्दै काममा गति दिलाउन नेम्वाङले जोड दिए।
उनको प्रश्न थियो, ‘समयमा बजेट पर्दा पनि , ठेक्का लाग्दा पनि कामले पूर्णता किन पाइरहेको छैन ?’
सम्बन्धित निकाय र ठेकेदारहरूलाई समयमै काम सक्न पहल र कडाइका साथ दबाबका लागि उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।