काठमाडौं– नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ।
सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो।
आइतबार प्रतिनिधिसभामा २२० जना सांसदले हाजिर गरेका थिए। तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए।
१५२ जना सांसद हाजिर गरेर हराएपछि आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले पारित गरेको हो।
सोमबार सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।