फाइल तस्विर
काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संघीय संसद् भवनको निर्माण सुस्त रहेको भनेर सभामुख देवराज घिमिरेकै ध्यानाकर्षण गरेका छन्।
सिंहदरबार परिसरभित्रै संसद् भवन बनिरहेको छ। तर, निर्माण कार्य निकै सुस्त रहेको गुनासो आइरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने, ‘निर्माणाधीन संसद् भवन कहिले बन्छ ?’
अहिले सदन चलिरहेको भवन भाइब्रेन्ट नरहेको र कक्षाकोठा जस्तो रहेको उनले बताए। यसमा पनि सभामुखको ध्यान आकृष्ट हुन आवश्यक रहेको उनले भनाइ छ।
१ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवनको शिलान्यास गरेका थिए। त्यसको १६ दिनपछि ६ अर्ब ९२ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो।
सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो। तर, अझै निर्माण सकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।