फाइल तस्विर काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताए।
प्रतिनिधि सभा सदस्यले प्रतिनिधि सभामा बोलेको विषयलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव नै पारित गर्ने विषय उचित नरहेको उनले बताए।
उनले भने, ‘प्रतिनिधिसभामा एकजना सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ। हामी कसैले कसैलाई दोष नदिऔं, दुवै सदनबीच द्वन्द्व हुने काम नगरौं। राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन।’
राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना गर्न नमिल्ने तर्क गरे। उनले सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित गरिनु दु:खद् भएको बताए।
लोकतन्त्र सुसस्कृत प्रणाली भएको बताउँदै उनले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्ने बताए । आफ्नो असहमतिलाई संसदीय भाषा र मर्यादामा रहेर राख्नुपर्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।