काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पताल पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित कीर्तिपुर अस्पताल पुगेकी थिइन्।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भने, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र र प्रथम महिला राधिका शाक्यले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।’’
यसबीच‚ तत्काल घाउको अवस्था सामान्य भए पनि सङ्क्रमणको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट बन्द गरिएको जानकारी दिएको छ।
शनिवार पोखरा पर्यटन महोत्सवको उद्घाटनका अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उनीहरु दुवैजना घाइते भएका हुन्। उनीहरुलाई पोखराबाट शनिवार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो।
प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएर उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।