काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सनसनीपूर्ण जित हात पारेको छ।
_x000D_
_x000D_
संकटाले आइतबार भएको खेलमा सरस्वती युवा क्लबलाई १–० गोलले पराजित गरेको हो। संकटाको जितमा लक्ष्मण रुचालले अन्तिम मिनेटमा गोल गरे। उनले दोस्रो हाफको ३ मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दा सरस्वती स्तब्ध बन्यो। उनलाई गोल गर्न म्याक्सवेलले क्रस उपलब्ध गराएका थिए। दोस्रो हाफमा संकटाले सरस्वतीमाथि दबाब दिएपछि गोल भने अन्तिम मिनेटमा मात्र गर्न सक्यो।
_x000D_
_x000D_
त्यसअघि पहिलो हाफको अन्तिम मिनेटमा सरस्वतीका विनोद केसीको सुन्दर प्रहारलाई संकटाका गोलकिपर राजुबाबु मगरले विफल पार्दै टिमको संकट टारे।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसअघि लिगको शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिमले २–२ को बराबरी खेल्दै अंक बाढेका थिए।
_x000D_
_x000D_
योसँगै लिगका खेल स्थगित भएका छन्। नेपाली राष्ट्रिय टिम बंगबन्धु गोल्डकप खेल्न बंगलादेश गएकाले लिग स्थगित भएको हो। अब दशैंअघि ४ वटा खेल हुनेछ। त्यसपछि तिहारपछि मात्र लिग नियमित संचालन हुनेछ।
_x000D_
_x000D_
पूरा खेल हेर्नुहोस् :
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।