काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ब्रम्हलुट मच्चाउन भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सरकारले वैज्ञानिक रुपमा भूमिसुधार गर्नुपर्नेमा गलत बाटोमा लागेको बताए ।
उनले भने, ‘हामीले दुई तिहाइ शक्ति ल्याएका थियौं, तर त्यो जोगाउन सकेनौं । दुई तिहाइले वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं । अहिले अध्यादेश ल्याएर ब्रम्हलुट मच्चाउन खोजिएको छ । भूमिसुधार गर्नुको सट्टा यो ब्रम्हलुटको अध्यादेश हो ।’
नेता खनालले विदेशीको कब्जामा रहेको भूमि फिर्ता गराउन सरकारले कुनै पहल नगरेकोप्रति आपत्ति जनाए । सरकार भूमि फिर्ता गर्ने बाटो छाडेर नीति, राष्ट्रियताविरोध निर्णय र सम्झौता गर्नमा केन्द्रित रहेको उनले आरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।