काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिमा पुगेपछि संविधान विघटन गर्ने गतिविधिमा केन्द्रित हुने गरेको आरोप लगाएका छन्।
पार्टीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेशलाई सम्बोधन गर्न ओलीको गृहजिल्ला झापाको दमक पुगेका प्रचण्डले सम्बोधनको क्रममा यस्तो बताएका हुन्।
प्रचण्डले भने, ‘यहीका हाम्रा अहिलेका प्रधानमन्त्री केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन। के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्यो भनेका मान्छे हुन्। तपाईंहरुले यो कुरालाई विचार गर्नुहोला। उहाँ पावरमा पुगेपछि संविधान च्यात्न खोज्नुहुन्छ।’
उनले आफूले सुशासन र सामाजिक न्यायका निम्ति चालेको अभियान दलालहरुलाई मन नपरेकै कारणले सरकारबाट हटाएको बताउदै ओलीलाई समानुपातिक र समावेशिता मन नपरेको समेत दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।