काठमाडौँ– बंगलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गरेको छ।
_x000D_
_x000D_
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै लाओस र फिलिपिन्स छन् ।
_x000D_
_x000D_
नेपालले मंगलबार ताजकिस्तान र शनिबार प्यालेस्टाइनविरुद्ध खेल्नेछ।
_x000D_
_x000D_
नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ। दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
_x000D_
_x000D_
यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो।
_x000D_
_x000D_
नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् ।
_x000D_
_x000D_
त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
_x000D_
_x000D_
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।