काठमाडौं– पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्।
शब्दमा जुंगाको लडाई छाड्नुपर्ने उनको सुझाव छ।
‘जनयुद्ध दिवस’ का विषयमा जारी बादविवादबीच फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले आफ्नो मत अघि सारेका हुन्।
उनले आजको दिन नेपालको युगान्तकारी जनविद्रोह ९जनयुद्ध० सुरु भएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न थालिएको बताएका छन्।
‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ,’ भट्टराईले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।