काठमाडौं– मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।
राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई प्रतिनिधि सभाका सचिव हर्कराज राईले सभामुख देबराज घिमिरेको आदेश अनुसार प्रतिनिधि सभामा पेश गरेका हुन् ।
‘मिडिया काउन्सिल विधेयक, २०८०’ सोमबार राष्ट्रियसभाबाट पारित भएको थियो ।
मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ मा मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ मा राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।