काठमाडौं– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।
मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ। नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्ने लगायतका विषयमा आज छलफल हुनेछ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्मा प्रस्तुत भएका छैनन्। राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले निर्णय नलिएपछि अध्यादेश प्रस्तुत नभएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।