काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई अपहेलना गरेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको बताएका हुन्।
उनले भने, ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो। तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो। संसदले सरकारले जहिले जेजे भन्यो त्यही अनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ? बारम्बार यस्तै कुरा उठेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।