काठमाडौँ –ग्यान विस्फोट भई आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो । गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।