काठमाडौं– नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ ।
माओवादी केन्द्रले १० फागुनमा काठमाडौंमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने माओवादीले जनाएको छ ।
गत २१ देखि २३ पुसमा काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले जितेका पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले आफ्नो पार्टीले जितेका पालिकाबाट समाजवादको अभ्यास थाल्ने भन्दै जनप्रतिनिधिलाई त्यसअनुसार प्रशिक्षित गर्ने निर्णय लिएको थियो ।
पार्टी महासचिव देव गुरुङले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।