काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले अहिले सरकार हुँदा प्रतिस्पर्धा र सहकार्य सँगै गर्नुपर्ने भएकाले चुनौती रहेको बताएका छन् ।
‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेसले आफ्नो मुल्य मान्यता बिर्सन नहुने बताए ।
उनले भने, ‘हाम्रो मुख्य मान्यता दुई दलीय होइन, बहुदलीय हो । हाम्रो राष्ट्रपतीय होइन, संसदीय पद्धति हो । हाम्रो पद्धति अध्यादेशबाट मात्रै शासन चलाउने होइन । दुई अधिवेशनको बीचमा अत्यावश्यक परे मात्रै अध्यादेश ल्याउने तर सामान्य अवस्था संसदबाट नै कानून बनाउनुपर्छ भन्ने हो ।’
उनले आर्थिक सुधार र सुशासन दिनको लागि अध्यादेश नभई कानुन नै बनाउँदा राम्रो हुने बताए । कांग्रेस नीतिगत रूपमा अलमलिन नहुने साउदको भनाइ थियो ।
उनले थपे, ‘यो सरकारको केही उद्देश्य छ, दुई तिहाइको सरकार हो । मुलुकको समस्या समाधान गर्नुपर्छ । जनताका निराशा र कार्यकर्ताको आशा अपेक्षालाई एकतिर पन्छाएर हामी ०८४ सम्म सरकारमा रहिरन्छौं त्यसकारण हामीले जनताको कुरा अलि कम सुन्दा पनि हुन्छ भन्ने मानसिकताले सरकारमा भएका मान्छेहरू अलमलिन्छन् कि भनेर निरन्तर दबाब छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।