काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मानव वन्यजन्तु द्वन्द्वले पनि आगलागीको विपत्ति निम्त्याएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘मानव–वन्यजन्तु द्वन्द्वको प्रतिशोधमा समेत जंगलमा आगो लगाउने कार्यले विपत्ति निम्त्याएको छ,’ उनले भने।
बाँदर र बँदेलले बाली खाइदिँदा किसान चिन्तित रहेको उनले बताए। यस्तो समस्या समाधान गर्न राज्यले स्पष्ट नीति ल्याउन आवश्यक रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।