काठमाडौं– निर्धारित समयभन्दा पौने २ घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक पौने ३ बजे सुरु भएको हो।
आजको बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्।
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ।
यस्तैगृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछन्।
यस्तै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिुको प्रतिवेदनको विभिन्न बुँदा र विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरिनेछ। ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनी प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।