काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ।
आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो।
तर, अहिले डेढ घण्टा बितिसक्दा सम्म पनि बैठक सुरु भएको छैन। सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेको बुझिएको छ।
उनको सचिवालयले बैठक केहीबेरमा सुरु हुने जानकारी दिएको छ। संसद्मा दलहरू अध्यादेशको पक्ष र विपक्षमा छन्। विपक्षी दलहरू असफल बनाउने प्रयासमा छन् भने सत्तारुढ दलहरूले राष्ट्रियसभाबाट पारित गराउन उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।