काठमाडौं – मिनी ट्रक दुर्घटना हुँदा १९ खसीबोका मरेका छन् । बर्दियाबाट खसीबोका लिएर काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक आइतबार बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार ट्रकमा रहेका १४३ वटा खसीबोकामध्ये १९ वटा च्यापिएर मरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।