काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गतेको लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले समय व्यवस्थापन गरेको हो ।
सम्बोधनका लागि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत शुक्रबार निमन्त्रणा पठाएका छन् ।
सभामुखको निमन्त्रणाअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबार नै प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाइसकेका छन् । प्रधानमन्त्री ओलीले फागुन ५ गते सोमबार बस्ने बैठकलाई विशेष सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको बताए ।
प्रदेश सरकारले प्रधानमन्त्रीसँग नै छलफल गरेर कार्यक्रम र समयको व्यवस्थापन गरेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।