काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन्।
बिहीबारको संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो। सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए।
‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा अपहेलित गरिएकोमा निन्दा गर्छु’, उनले भनिन्, ‘सरकारको यो कदम निन्दनीय छ ।’
सांसद ज्वालाले सत्येन्द्र र नेहाको बिहेलाई सर्वोच्च अदालतले पनि वैधानिक दिइसकेको अवस्थामा गृहमन्त्रीले गरेको हस्तक्षेपको भर्त्सना गरेका हुन् ।
‘यो प्रकरण विवाहित जोडीमाथि अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री (रमेश लेखक) र आईजीपी (वसन्त कुँवर) लाई कारबाही होस्’, उनले भने, ‘भारतको मुम्बईबाट पनि पक्राउ गरेर ल्याएपछि दुवैलाई यातना दिइएको छ । यस प्रकरणमा निर्नेदशन दिने गृहमन्त्री र गैरकानुनी कारबाही चलाउने आईजीपीमाथि छानबिन गरी कारबाही होस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।