काठमाडौं– बिहीबारको प्रतिनिधि सभा बैठक सुरु भएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
सरकारले ल्याएका विधेयकमाथि उनले आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल नियन्त्रणका लागि ल्याइएको विधेयक आपत्तिजनक भएको उनको भनाइ छ।
सरकारले नागरिकलाई बोलेकै कारण हतकडी लगाइएको अवस्थामा यस्तो विधेयक पारित भयो भने हालत के होला भन्दै चिन्ता व्यक्तसमेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।