काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा सरकारले सार्वजनिक गरेको छ ।
सरकारले एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको उक्त नीतिका विषयमा आवश्यक सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैमा अनुरोध गरेको छ । नीतिमा एआईको विकास र प्रयोग गरी सार्वजनिक सुशासन प्रवर्द्धनका लागि नीति ल्याइएको उल्लेख छ ।
मस्यौदामा नीतिगत दिशानिर्देशका साथै एआई नियमन परिषद् गठन, राष्ट्रिय एआई केन्द्र स्थापना, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।