म्याड्रिड– ला लिगअन्तर्गत शनिबार राति भएको म्याड्रिड डर्बी भिडन्त गोलरहित बराबरीमा सकिएको छ।
_x000D_
_x000D_
खेलमा रियलका फरवार्ड गारेथ बेल घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। यता एट्लेटिकोका एन्टोनी ग्रिजम्यानको प्रहारलाई रियलका गोलकिपर थिबाउट काउटोइसले विफल पारे। यस्तै डिएगो कोस्टाको प्रहारमा पनि उनी बाधकबनेका थिए। दोस्रो हाफमा रियलले राम्रो खेल पस्केपनि फिनिसिङमा चुकेको थियो।
_x000D_
_x000D_
बराबरीसँगै रियलले अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। खेलअघि शीर्ष स्थानको बार्सिलोनालाई एथ्लेटिक बिल्बाओले १–१ को बराबरीमा रोकेको थियो।
_x000D_
अघिल्ला खेलमा भने रियल र बार्सिलोना दुवै टिम पराजित भएका थिए।
_x000D_
_x000D_
लिगमा ७ खेलबाट १४ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा छ। गोलअन्तरमा पछि पारेको दोस्रो स्थानको रियलको पनि १४ अंक नै छ। तेस्रो स्थानको सेभिल्लाको १३ र चौथो स्थानको एट्लेटिकोको १२ अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।