काठमाडौं– साउन १० गते बलत्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ।
_x000D_
_x000D_
विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएकाे बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको हो।
_x000D_
_x000D_
कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो।
_x000D_
_x000D_
सोसम्बबन्धी रिपोर्ट आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ।
_x000D_
_x000D_
यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ।
_x000D_
_x000D_
दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन। पछिल्लो पटक नमुना संकलन गरिएका तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताइँदै आएको छ।
_x000D_
_x000D_
उता डिएनए रिपोर्ट कञ्चनपुर पुगकै दिन शनिबारदेखि नै निर्मलाको न्यायका लागि भन्दै दुईवटा संघर्ष समितिले पुनः आन्दोलन थालेका छन्। महिला अगुवा हेलन श्रेष्ठ नेतृत्वको दबावमूलक संघर्ष समिति र अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति कञ्चनपुरमा संघर्षरत छन्।
_x000D_
_x000D_
भण्डारी नेतृत्वको समितिले शनिबार देखिनै महेन्द्रनगरमा रिले अनसन थालेको छ। निर्मलालाई न्याय तथा उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मीले रिले अनसन थालेका हुन्।
_x000D_
_x000D_
श्रेष्ठ नेतृत्वको दबावमूलक संघर्ष समितिले भने आज छलफल गर्दै थप दबावमुलक कार्यक्रमको खाका तय गर्ने बताइएको छ।
_x000D_
_x000D_
याे पनि पढ्नुस: निर्मला पन्त हत्या प्रकरण : कहिले सुल्झिएला हत्यारासम्म पुग्ने बाटाे?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।