काठमाडौं– बेपत्ता परिवारको कथाव्यथा समेटिएको नाटक सङ्ग्रह ‘आधासत्य’ बजारमा आएको छ।
_x000D_
_x000D_
नाटककार राजन खतिवडा र सिजन दाहालको लेखन रहेको उक्त कृतिको शनिबार काठमाडौंस्थित मण्डला नाटकघरमा सार्वजनिक गरिएको हो। बेपत्ता परिवारका आफन्त एकराज वाग्ले, पेशलकुमारी वाग्ले, सुशीला चौधरी तथा लेखक कुमार नगरकोटी र विप्लव प्रतीकले कृतिको संयुक्तरुपमा विमोचन गरे।
_x000D_
_x000D_
तत्कालीन सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका भोगाइलाई पुस्तकमा समेटिएको छ। नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा लेखिएको पुस्तकले बेपत्ता नागरिकको मुद्दालाई सामाजिकीकरण गर्न सहयोग पुग्ने प्रकाशक मण्डला थिएटरको दाबी छ।
_x000D_
_x000D_
पुस्तकमाथि टिप्पणी गर्दै लेखक नगरकोटीले बेपत्ताको पीडालाई न्यायालयको ढोका घचघच्याउन कृतिले सहयोग गर्ने विश्वास व्यक्त गरे। कृतिका सम्पादक कवि तथा गीतकार प्रतीकले नभोग्नुपर्ने, अप्रत्यासित भोगाइ, पीडाको अनुभूति पुस्तकले अभिलेखीकरण गरेको उल्लेख गरे।
_x000D_
_x000D_
बेपत्ता परिवार राष्ट्रिय सञ्जालका कोषाध्यक्ष सुशीला चौधरीले मानवीय संवेदनशील घटनाका पीडितले अझै न्याय नपाएको गुनासो गर्दै पुस्तक त्यसैको एक साक्षी दस्तावेज भएको बताइन्।
_x000D_
_x000D_
लेखक राजन खतिवडाले ‘आधासत्य’ बेपत्ता परिवारको असामान्य जीवन भोगाइलाई नाटकीयरुपमा प्रस्तुत गरिएको यथार्थपरक कृति रहेको दाबी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।