काठमाडौँ – नेपालमा आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ । नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।
संघले स्वास्थ्यमन्त्री प्रदीप पौडेलेको उपस्थितिमा आज वार्षिकत्सव मनाउँदैछ । नेपालमा प्रत्येक वर्ष सरदर ४ हजार नर्स थपिने गरेका नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारी तथा निजीस्वास्थ्य संस्थामा काम गर्ने नर्स कम पारिश्रमिकमा काम गर्नुपर्ने, पेशागतसुरक्षा नहुनेलगायतका कारण पछिल्लो समय विदेशिने क्रम बढेको छ ।
आफुहरुको पेशागत सुरक्षा र पारिश्रमिक वृद्धिका लागि पटकपटक आन्दोलन गरे पनि सम्बोधन हुन नसकेको नेपाल नर्सिङ संघको गुनासो छ । एक नर्सले ६ देखि बढीम ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ । तर नेपालमा एक नर्सले ३० देखि ३५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको नर्सहरुको गुनासो छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।