काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन्।
उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए।
पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन्।
उच्च अदालत पोखराका उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल प्रसाद पनेरुका अनुसार अहिले लामिछानेको निवेदन दर्ता हुने प्रक्रियामा छ।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्।
एउटा अदालतको आदेश चित्त नबुझेको खण्डमा उपल्लो तहको अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था अनुसार उच्च अदालतमा निवेदन लिएर लामिछाने पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।