काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गरे। उनले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको जिकिर गरे।
उनले भने,‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्दछु। आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ। यति कुरा दाबाका साथ भन्न सक्छु। त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो। म जिम्मा लिन्छु भनेर गएको पनि हो। ती प्रयासबाट आएका परिणामहरूलाई पनि स्विकार्नुपर्छ। यो दशक अब फेरि खेल फाल्नु हुँदैन।’
देशले चाहेजस्तै नेतृत्व ल्याउनका लागी प्रयास गरेको र त्यस प्रयासबाट आएका परिणाम पनि सवैले स्विकार गर्नु पर्ने थापाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।