काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो। जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ। अदालत स्रोतका अनुसार आदेश आजै आउनेछ।
न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।