बार्सिलोना- स्पेनिस ला लिगामा बार्सिलोना लगातार तेस्रो खेलमा जितबिहीन बनेको छ। शनिबार भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरीमा रोकिएपछि बार्सिलोना तेस्रो खेलमा जितबिहीन बनेको हो। अघिल्लो खेलमा बार्सिलोनालाई लेगानेसले पराजित गरेको थियो।
_x000D_
_x000D_
खेलमा अग्रता एथलटिकले लियो। ४१ मिनेटमा डि मार्कोसले गोल गरेर एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा आएको बार्सिलोनाले ८४ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि मुनिर इल हडाडीले गोल गरेर बार्सिलोनालाई सम्भावित हारबाट जोगाए। उनलाई गोल गर्न लिओनल मेसीले पास उपलब्ध गराएका थिए।
_x000D_
_x000D_
खेलको अन्त्यमा मेसीले इभान राकिटीलाई अर्को सुन्दर पास दिएपछि उनले गोल गर्न सकेनन्। लिगको शीर्षमा रहेको बार्सिलोनाको ७ खेलबाट १४ अंक भएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।