दाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धनको सरकार आगामी चुनावसम्म रहे माओवादीलाई फाइदा हुने बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले जनताले माओवादी प्रति धेरै आशा गरेको बताए । उनले सरकार गिराउनेतिर नलाग्ने समेत बताए ।
सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढिरहेको बताए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने समेत स्पष्ट पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।