दाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङमा रहको टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए। शुक्रबार बिहान तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरको भेटघाटका क्रममा उनले राजनीतिक खिचातानीको कारण रोकिएको दाङ एयरपोर्ट विस्तार अब सुचारु हुने बताए।
उनले विकासका सन्दर्भमा अहिले राजनीतिक दलहरूको एजेण्डा मिल्दै गएको भान हुन थालेको भन्दै २०११ सालमा स्थापना भएको दाङ एयरपोर्टको विकास र बिस्तार अब कसैले रोकेर नरोकिनेसमेत बताए। उनले भने, ‘मैले विगतमा एयरपोर्ट विस्तार र विकासको लागि प्रत्यक्ष अवलोकन पनि गरेको थिए। मैले सरकारको नेतृत्व गर्दा पनि यसको लागि महत्वपूर्ण छलफल भइरहेको थियो। यसलाई अगाडि बढाउनु पर्छ, भन्ने पनि लागेको थियो । तर, अहिले यो रोकिएको छ। यो रोकिनुको कारण अन्य कारणका अतिरिक्त राजनीतिक कारण पनि हो।’
दाङमा राजनीतिक गर्ने केही विचार र प्रवृत्तिका साथीले यो एयरपोर्टलाई तुलसीपुरमा बनाउनु भन्दा अन्त कुनै ठाउँमा बनाउनुपर्छ, भन्ने चाहनाको नातिनीले एयरपोर्टको विकासमा ढिलो भएको उनको भनाइ छ। उनले भने,‘ अहिले विस्तारै राजनीतिक रुपमा एकरूपता हुँदै गइरहेको हुँदा तुलसीपुर एयरपोर्ट बनाउनु पर्छ, भन्ने कुरा आउन थालेको छ। मेरो नेतृत्व सरकारले यसलाई अगाडि बढाउन पहल भएको थियो। अब यसलाई रोक्ने स्थिति छैन, मलाई लाग्छ, अब छिट्टै यो बारेमा टुंग्याउन सकिन्छ। तपाईँहरूको एकमात्र माग मैले बुझ राखेको माग हो।’
सो अवसरमा सङ्घका अध्यक्ष बिनिल केसीले संस्थागत रूपमै आफूहरूले पूर्व प्रधानमन्त्री प्रचण्डलाई छैटौँ पटक ध्यानाकर्षण गराएको भन्दै तत्काल स्तरवृद्धिका लागि पहल गरिदिन आग्रह गरे। उनले सङ्घले विगत २० वर्षदेखि यसको विकास र विस्तारको लागि माग गर्दै आइरहेको भएयता पनि अहिलेसम्म काम नहुन दु:खद पक्ष रहेको समेत बताए। उनले २०११ सालमा स्थापना भएको यस एयरपोर्टको राम्रोसँग विकास नहुदाँ यहाँका नागरिकहरूले सहज रुपमा हवाई सेवा लिन पाएको समेत बताए। अहिले साढे ७ सय मिटर मात्र धावन मार्ग कालोपत्रे भएको छ। जसका कारण साना जहाजले मात्र सेवा दिने भएयता पनि त्यो नियमित हुन नसक्दा यहाँका नागरिकहरू भैरहवा, नेपालगञ्ज जान बाध्य भएका छन्। अध्यक्ष शुक्रबार तुलसीपुरमा आयोजना हुने खबरदारि सभालाई सम्बोधन गर्न दाङ आइपुगेको हुन्।
उनी नेपालगंज मौसम खराबका कारण विमान सेवा अवरुद्ध भएपछि सुर्खेत हुँदै आएका हुन्। उनी दुई दिन सम्म दाङका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।