लन्डन- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन जारी छ। लिगमा सुरुवाती ७ खेल खेल्दा म्यानचेस्टर ३ खेलमा पराजित भएको छ। म्यानचेस्टरलाई शनिबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले ३-१ गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
प्रिमियर लिगमा म्यानचेस्टरको यो २९ वर्ष यताकै खराब सुरुवात हो।
_x000D_
_x000D_
इंग्ल्यान्डमा सर्वाधिक २० पटक माथिल्लो डिभिजनको लिग च्याम्पियन म्यानचेस्टरले अघिल्लो सिजन दोस्रो स्थान हात पारेको थियो।
_x000D_
_x000D_
शनिबार म्यानचेस्टरलाई पराजित गर्ने क्रममा वेस्ट ह्यामका फिलिप एन्डर्सनले पाँचौ मिनेटमा गोल गरे। ४३ मिनेटमा म्यानचेस्टरका लिङ्डेनोफले आफ्नै पोस्टमा गोल गरेपछि वेस्ट ह्यामले अग्रता दोब्बर पारेको थियो। ७१ मिनेटमा रास्फोडले गोल गर्दै वेस्ट ह्यामको अग्रता २-१ मा झारे। तर ७४ मिनेटमा अर्नाटोभिकाले अर्को गोल गरेपछि वेस्ट ह्याम ३- १ गोलले अघि बढेको थियो।
_x000D_
_x000D_
म्यानचेस्टर लिगको अंक तालिकामा आठौं स्थानमा सीमित छ। म्यानचेस्टरले १० अंक जोडेको छ। उसले ३ खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको छ। यता ७ खेलमा दोस्रो जित हात पारेको वेस्ट ह्याम ७ अंक जोड्दै १२औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।