जनकपुरधाम– मधेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्।
मधेश प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरूले मुख्यमन्त्रीको पुत्ला दहन गरेका हुन्।
प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ।
शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेशको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेश गरेकी थिइन्।
सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको छ।
यसअघि विधेयकका सम्बन्धमा थारुसहितका मधेशमा बोलिने थारु, मधेशी र उर्दुसहितका भाषा नसमेटिएको भन्दै सांसदहरुले पनि प्रदेशसभामा विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।