काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन्।
नवलपरासी पुगेर महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा रोजगारी दिन नसक्ने बताए।
उनले भने, ‘नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्छ। मानौं कोही प्रधानमन्त्री भयो, उसले सबैलाई नेपालमा रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ। त्यो प्रधानमन्त्री भएको मान्छेले कहाँ रोगजारी सिर्जना गर्नसक्छ। प्रहरी, सेना, शिक्षकमा जागिर खुलाउँछ, अस्पतालमा करार राख्छ सबैतिर गरेपनि मुस्किलले २० हजार नाघ्दैन। ४ लाख ८० हजार मान्छे बाँकी रहन्छन्। त्यो मान्छेहरुलाई काम कसले दिन्छ।’
उनले कहिल्यै पनि सरकारले काम दिन नसक्ने बताए। उनले थप भने, ‘काम जहिले पनि निजी क्षेत्रले दिने हो । सबैतिर हो, सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन्छु भने पनि कसैले पनि सक्दैन । सरकारले केवल वातावरण बनाउने मात्रै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।