काठमाडौँ – संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भएको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विहीबारदेखि सुरु भएको विधेयकमाथिको दफाबार छलफलका क्रममा सरकारले प्रस्ताव गरेको प्रस्तावनालाई संशोधन गर्ने सहमति भएको हो।
प्रस्तावित प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने प्रस्तावमा सहमति भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
उनका अनुसार प्रस्तावनामा परेका ३२ वटा संशोधन पनि यसै संशोधनमार्फत सम्बोधन भएका छन्।
सरकारले प्रस्ताव गरेको प्रस्तावना यस्तो थियो, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।