काठमाडौं- शनिबारदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र एनआरटी क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
_x000D_
_x000D_
शनिबार एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आर्मीले अन्तिम सयममा गोल गर्दै सम्भावित हार टारेको हो।
_x000D_
_x000D_
दोस्रो हाफको इन्जुरी टाइममा थप गरिएको ८ मिनेट सकिन एक मनेट बाँकी छदा आर्मीका लागि सन्तोस तामाङले फ्रिकिङमार्फत गोल गरेका थिए।
_x000D_
_x000D_
त्यसअघि खेलमा एनआरटीले २ पटक अग्रता लिएपनि जोगाउन सकेन। एघारौं मिनेटमा रोजित पुडाशैनीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। उनले क्लोज रेञ्जबाट गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ३८ मिनेटमा सन्तोस तामाङले बराबरी गोल फर्काउन सफल भए। उनले सेकेन्ड बार च्यापेर लोभलाग्दो गोल गरेका थिए।
_x000D_
_x000D_
६५ मिनेटमा एनआरटीले दोस्रो पटक अग्रता लियो। एनआरटीका लागि राजेश परियारले एकल प्रयासमा गोल गरेका थिए। लिगअन्तर्गत आइतबार संकटा क्लब र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
_x000D_
_x000D_
ए डिभिजन लिग ५ वर्षपछि सुरु भएको हो। लिगमा १२ वटा क्लबको प्रतिस्पर्धा छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।