काठमाडौं– नेकपा एमालेले वामदेव गौतम नेतृ्त्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा केही बेरअघि सम्पन्न भएको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टीको यो निर्णयसँगै पूर्वउपाध्यक्ष गौतमलाई एमालेमा फर्किने औपचारिक बाटो खुलेको छ।
वामदेव र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
यता गौतमले भोलि एमाले प्रवेश गर्ने तयारी गरेका छन्। केही दिनअघिसम्म एकीकृत समाजवादीमा जान तयार भएका नेता गौतम अजेण्डामा सहमत हुन नसकेपछि एमालेसँग नजिक भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।