काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन्।
धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादवसँग भेट गरेर आफ्ना समस्या राखेका हुन्।
लगत्तै उनले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरे। ‘बजेट सुनिश्चितता गरिदिनुपर्छ भनेका छौं,’उहाँहरू सकारात्मक हुनुहुन्छ।’ मेयर साम्पाङले भने, ‘हामी सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौं भनेका छन्।’
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए। साथै, उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।